राजेन्द्र महतोले त्यागे लोसपा, नयाँ अभियान घाेषणा

 ग्लोबल टिभि      सोमवार, फाल्गुन १४, २०८०      0

 फाल्गुन १४ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन्। सोमबार काठमाडौंमा विशेष पत्रकार सम्मेलनमार्फत लोसपा छाडेको घोषणासँगै उनले नयाँ अभियानको घोषणा गरेका छन्।

लोसपा अध्यक्ष महन्थ ठाकुरसँग अलग्गिएर महतोले  ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका छन्। उनले बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्य प्रस्तुत गरेका छन्।

यो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस र माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनले बताए।

पार्टीले गति लिन नसकेको भन्दै उनले लोसपा अध्यक्ष ठाकुरको आलोचना गर्दै आएका थिए। पछिल्लो पटक ठाकुरले आफूखुसी पार्टीको भद्दा कमिटी बनाएकोप्रति पनि महतो असन्तुष्ट थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *