निजगढमा सिलिण्डर विस्फोट : एक जनाको मृत्यु, ४ जना घाइते

 ग्लोबल टिभि      सोमवार, फाल्गुन १४, २०८०      0

 फाल्गुन १४ –   बाराको निजगढमा सोमबार दिउँसो अक्सिजन सिलिण्डर बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। अरू ४ जना घाइते भएका छन्।

निजगढ बजारमा वेल्डिङ वर्कसपमा राखिएको सिलिण्डर विस्फोट भएको हो। सिलिण्डर पड्किँदा वर्कसप संचालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा रिफर गरिएको अस्पतालका डा.सतिश निरौलाले जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *