आन्दोलनरत लघुवित्त ऋणीहरू संसद भवन भित्र (फोटोसहित)

 ग्लोबल टिभि      सोमवार, फाल्गुन १४, २०८०      0

फागुन १४ –  राजधानी केन्द्रित आन्दोलनका लागि काठमाडौंमा जम्मा भएका लघुवित्त ऋणीहरूले सोमबार संसद भवनमा प्रवेश गरेर विरोध जनाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नारबाजी गरेका हुन् ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरू सोमवार संसद भवनभित्रै प्रवेश गरी प्रदर्शन गरेका हुन् । सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ ।

तर लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । उनीहरुले आफूहरू गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *