फाल्गुन १८ – फिफा विश्वकप–२०२६ एशियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज (शुक्रवार) ३३ जना खेलाडीलाई प्रशिक्षणका लागि प्रारम्भिक टोलीमा छनोट गरेको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ गते हुने दुई खेलका लागि प्रारम्भिक चरणमा ३३ खेलाडीलाई राखेका छन्। नेपालले आगामी चैत ८ गते घरेलु मैदानमा खेल्नेछ भने चैत १४ गते बहराइनमा खेल्नेछ।
गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र दीप कार्की प्रारम्भिक छनोटमा परेका छन्। रक्षकमा अजय चौधरी, अनन्त तामाङ, सुमित श्रेष्ठ, योगेश गुरुङ‚ एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द र सनिस श्रेष्ठ छन्।
मिडफिल्डरमा एरिक विष्ट, मनिष डाँगी, रोहन कार्की, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लाकेन लामा, मणिकुमार लामा, सन्तोष खत्री, सुरज ठकुरी र उत्सव राई परेका छन्।
स्ट्राइकरमा अञ्जन विष्ट, आयुष घलान, दिनेश हेम्जन, जिलेस्पीजङ्ग कार्की, हिसुव थपलिया, राजेश परियार, समीर तामाङ, र सञ्जिव विष्टलाई समेटिएको छ।
Leave a Reply