बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अस्पतालमा उपचारका क्रममा विहिबार एक जना कोभिड संक्रमितको मत्यू भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए ।
सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमितको मृत्यूपछि अस्पतालमा समेत तोडफोड गरेकोे मेडिकल सुपरिटेन्डेट डा. प्रकाशबहादुर थापाले जानकारी दिए । अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक भने झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएको थापाले बताए ।
आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटिलखेटी आक्रमण गरेको थापाको भनाइ छ । कोभिड विरामीको उपचारका लागि आफ्नो ज्यानको बाजी राखेर निरन्तर उपचारमा खटिरहेकाहरुमाथि नै सांघांतीक आक्रमण भएपछि चिकित्सक सहित अस्पतालका कर्मचारीहरु आन्दोलमा उत्रीएका हुन् ।
अस्पताल अगाडि उनीहरुले अहिले पनि जीवन सुरक्षाको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
Leave a Reply