अमेरिकाभरि टिकटक बन्द गराउन सक्ने विधेयक पारित

 ग्लोबल टिभि      बिहिबार, चैत्र १, २०८०      0

चैत्र १ –  अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटीभ्सले एउटा महत्त्वपूर्ण विधेयक पारित गरेको छ जसले अमेरिकामा सामाजिक सञ्जाल टिकटक बन्द गराउन सक्छ। विधेयकले टिकटकको चिनियाँ माऊ कम्पनी बाइटड्यान्सलाई वर्चस्व प्रदान गर्ने उसको हिस्सा विक्री गर्न ६ महिनाको समय दिने र त्यसो नगरिए अमेरिकामा उक्त एप बन्द गराउने प्रस्ताव गरेको छ।

रिपब्लिकन र डेमोक्र्याट दुवैको सहमतिमा गरिएको मतदानमा व्यापक सहभागिता रह्यो। उक्त विधेयकलाई अब माथिल्लो सदन सिनेटले पारित गर्नुपर्छ र राष्ट्रपतिले हस्ताक्षर गरेपछि त्यो कानुन बन्नेछ। टिकटकमाथि चिनियाँ प्रभावलाई लिएर अमेरिकी सांसदहरूले लामो समयदेखि चासो व्यक्त गर्दै आएका छन्। सन् २०१२ मा स्थापित चिनियाँ कम्पनी बाइटड्यान्सको स्वामित्वमा टिकटक छ।

बेइजिङमा अवस्थित उक्त कम्पनी केम्यान टापुमा दर्ता भएको छ जसका कार्यालय युरोप र अमेरिकाभरि रहेका छन्। उक्त विधेयकलाई सिनेटले पनि पारित गर्नासाथ आफूले अविलम्ब त्यसमा हस्ताक्षर गर्ने राष्ट्रपति जो बाइडनले प्रतिबद्धता जनाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *