८ महिनामा १ लाख बढी बिरामी पुगे अस्पताल

 ग्लोबल टिभि      सोमवार, चैत्र २६, २०८०      0

चैत्र २६ – नेपालमा दिनप्रदिन आँखाका रोगीहरु बढ्दै गएका छन् । नेपाल आँखा अस्पतालले पछिल्लो आठ महिनामा एक लाखभन्दा बढी आँखाका विरामी अस्पताल आएको तथ्यांक सार्वजनिक गरेको छ । गर्मीयामको सुरु र दिनप्रतिदिन बढ्दै गएको वायु प्रदुषणले आँखाका बिरामीको संख्या झन् बढ्ने खतरा देखिएको छ । चिकित्सकहरुले आँखाको रोगले प्रकोप रुप समेत लिनसक्ने भन्दै सजकता अपनाउन र आँखाको हेरचाहमा विषेश ध्यान दिन आग्रह गरेका छन् ।

गर्मीयामको सुरुवात र बढ्दो वायु प्रदुषणले पछिल्ला दिनहरुमा नेपालमा आँखाका विरामीहरुको संख्या दिनानुदिन बढ्ै गइरहेको छ । गर्मीयाममा वर्षेनी विभिन्न आँखा सम्बन्धी समस्याहरु देखा पर्ने गरेका छन् । गर्मीयामको सुरुवातसंगै पछिल्ला दिनहरुमा बढ्दै गएको वायु लगायतका प्रदुषणले आँखा सम्बन्धी रोग बढ्दै जाने चिकित्सकहरुले बताएका छन् । त्यसो त कोभिड—१९ महामारीपछि बालबालिकाहरुमा आँखाको रोग बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ ।

नेपालमा दिनप्रतिदिन आँखाका बिरामीहरु बढ्दै गएको भन्दै आँखाको हेरचाहमा ध्यान दिन नेपाल आँखा अस्पतालले आग्रह गरेको छ । अस्पतालका सचिव यज्ञध्वज सापकोटाले चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा अस्पतालमा आँखाका बिरामी बढ्दै गएको बताएका छन् । यो अवधिमा झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिएको उनले जानकारी दिए ।

नेपाल अँखा अस्पतालले दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेको छ । आँखाको रोग शुरुवाती उमेर र वृद्ध उमेरमा बढी देखिने भएपनि कोभिड १९ पछि बालबालिकाहरुमा धेरै मात्रामा रोग देखिएको छ । अस्पतालले १६ वर्ष उमेरभन्दा कम उमेर समूहका १५ हजार भन्दा बढी बालबालिकाको पछिल्लो आठ महिनाको अवधिमा उपचार गरेको जनाएको छ । यस्तै, ३ हजार ५ सय ९८ सर्जरी गरेको र अस्पताल आउन नसक्नेहरुलाई दूरदराजमै पुगेर सात सय २१ जनाको शल्यक्रिया गरेको अस्पतालको भनाइ छ ।

धुवाधुलोबाट बच्ने,नियमित साबुनपानीले हात धुने,अनावश्यक भिडभाडमा नजाने,सफा पानीले नियमित आँखा धुने,फोहोर हातले आँखा नछुने र चिकित्सकसको सल्लाहमा कालो चस्माको प्रयोग गर्ने जस्ता उपाय अपनाएर आँखा सम्बन्धी रोगबाट बच्न सकिने चिकित्सकहरुको सल्लाह छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *