साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन

 ग्लोबल टिभि           0

बैशाख ४ –  ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता चर्चित गीतका सर्जक, साहित्यकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ।

उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए।  कविता, गीतसहित शृङ्गारिक गजलमार्फत प्रख्यात प्रकट पछिल्लो समय निमोनियाका कारण अस्वस्थ थिए।

स्वास्थ्य समस्या भएपछि उनको उपचारका लागि पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको थियो।

शिवका ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनालाई’ नामक गीत संग्रह, ‘प्रणय वेदका ऋचाहरू’ गजल संग्रह र ‘अक्षरभरि अक्षता’ कविता संग्रह प्रकाशित छन्।

उनको पार्थिव शरीरलाई भोलि (बुधवार) मणिपाल अस्पतालदेखि शवयात्रा शुरु गरी भलाम जाने बाटो फूलबारी घाटमा अन्त्यष्टि गरिने पौडेलले जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *