ग्लोबल टिभि
0
बैशाख ७ – ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालको दोस्रो विकेट गुमेको छ। ८ रन बनाएर आशिफ शेख आउट भएका हुन्। तीन ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर १३ रन बनाएको छ।
टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो। यसअघि यूएईका बलर जुनइद सिद्दिकीले ओपनर कुशल भुर्तेललाई शून्यमा आउट गरेका थिए।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।
Post Views: 408
Leave a Reply