ग्लोबल टिभि
आइतवार, बैशाख १६, २०८१
0
बैशाख १६ – अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशका पुरुषहरूलाई महिला बिरुद्धको हिंसा अन्त्य गर्ने जिम्मेवारी लिन आग्रह गरे । अल्बानीजले आफ्नो सरकारले महिला बिरुद्ध हुने हिंसालाई सम्बोधन गर्न जस्तोसुकै कदम पनि चाल्नसक्ने बताए ।
उनले देशका पुरुषहरुले हिंसाको अन्तर्निहित कारणहरूलाई सम्बोधन गर्ने जिम्मेवारी लिनुपर्ने बताए । हिंसाको मुद्दामा जमानतमा रहेका २९ वर्षीय पुरुषलाई न्यू साउथ वेल्स राज्यमा २८ वर्षीया महिलाको हत्या गरेको अभियोग लगाइएपछि उनले यस्तो आग्रह गरेको हो ।
कार्यकर्ता समूह काउन्टिङ डेड वुमनका अनुसार सन् २०२४ मा अस्ट्रेलियामा अहिलेसम्म २५ जना महिलाको हिंसात्मक मृत्यु भइसकेको छ । जसमा अप्रिलको शुरुमा सिड्नी सपिङ सेन्टरमा छुरा प्रहारका पाँच जना पनि छन् ।
Post Views: 217
Leave a Reply