भक्तपुरमा कोरोना संक्रमणः ४६ जनाको मृत्यु, ४ हजार १ सय जना संक्रमित

 ग्लोबल टिभि      शनिबार, कार्तिक १, २०७७      0

१ कात्तिक, काठमाडौं  – कोरोना भाइरसको संक्रमणको कारणले शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मृत्यु हुनेमा ३३ जना पुरुष र १३ जना महिला रहेका छन् । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

संक्रमण हुनेमा २ हजार ३ सय ५० पुरुष र १ हजार ७ सय ५१ जना महिला रहेका छन् । अहिलेसम्म संक्रमित मध्ये २ हजार १ सय ३७ जनालाई कोरोना निको भइसकेको छ । जसमा १ हजार २ सय ११ जना पुरुष र ९ सय २६ जना महिला शुक्रबारसम्ममा कोरोना संक्रमण मुक्त भएका हुन् ।

भक्तपुरमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ९ सय १८ रहेको छ । संक्रिय संक्रमितमा १ हजार १ सय ६ जना पुरुष र ८ सय १२ जना महिला रहेको स्वास्थ्य कार्यालयले भक्तपुरले जानकारी दिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *