च्याम्पियन्स लिगको फाइनलमा पुग्न रियल मड्रिड र बायर्न म्युनिख भिड्दै

 ग्लोबल टिभि           0

बेशाख २६ –  च्याम्पियन्स लिग फुटबलमा आज दोस्रो सेमिफाइनल अन्तर्गत स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनलको दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुन लागेको हो । यसअघि पहिलो लेग बायर्नको घरेलु मैदानमा भएको थियो जसमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । एग्रिगेटमा दुबै टोली २–२ मा छन् ।

खेल नेपाली समयानुसार मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ । यो खेलको विजेताले उपाधिका लागि बोरुसिया डर्टमण्डको सामना गर्नेछ । डर्टमण्डले गएराति पिएसजीलाई हराउँदै एग्रिगेटमा २–० को नतिजासहित फाइनलमा स्थान बनाएको थियो ।

फाइनल खेल जुन २ मा लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *