उपत्यकामा निषेधाज्ञा लम्बिने

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ १८, २०७८      0

उपत्यकामा कोरोना संक्रमण बढदै जाँदा मंगलबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको छलफल भएको छ । जेठ १४ गतेदेखि लागु भएको निषेधाज्ञा जेठ २० गतेसम्म तोकिएको थियो ।

जुन बिहीबार मध्यरातिबाट सकिँदैछ । तर, केही मिडियामा निष्ोधाज्ञा खुल्ने भाम्रक समाचार आएपनि काठमाडांकौ जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार निषेधाज्ञा बारे जेठ २१ गते अर्को सूचना जारी गरेर जानकारी दिइने बताए ।

औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो । जारी निषेधाज्ञामा होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् । ०००

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *