कोशी प्रदेश सरकार विस्तार : कुन मन्त्रालय कसले पाए?

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ४, २०८१      0

जेठ ४ –  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अब कोशीको मन्त्रिपरिषद्  १० सदस्यीय भएको छ । अब एमालेबाट मुख्यमन्त्रीसहित ६ जना र माओवादीबाट ४ जना सहभागी हुने पक्का भएको छ ।

अब एमालेबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा इलामका रामबहादुर मगर, झापाका एकराज कार्की, खोटाङका पाँचकर्ण राई र मोरङका लीलाबल्लभ अधिकारी मन्त्री हुँदैछन् ।

उनीहरुमा मगर गत वैशाख २७ गते मुख्यमन्त्री कार्कीसँगै मन्त्री भइसकेका छन् । कार्की, राई र अधिकारीसहित राज्यमन्त्रीमा भोजपुरकी सिर्जना राईलाई शुक्रबारै नियुक्त गरिँदैछ । उनीहरूको शपथ पनि आजै हुँदैछ ।

माओवादी केन्द्रबाट यसअघि नै वैशाख २७ मै मोरङका गणेशप्रसाद उप्रेती मन्त्री भइसकेका छन् । अब माओवादीबाट उदयपुरका नारायणबहादुर बुर्जा मगर र संखुवासभाका राजेन्द्रकुमार कार्की मन्त्री हुँदैछन् । झापाकी बन्दना झाँगड राज्यमन्त्री बन्ने भएकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथ केहीबेरमा हुँदै छ ।

कोशी सरकारको कार्यविभाजन

  • मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, कृषि, उद्योग तथा सहकारी मन्त्रालय : हिक्मतकुमार कार्की
  • आर्थिक मामिला तथा योजना मन्त्रालय : रामबहादुर मगर
  • स्वास्थ्य मन्त्रालय : राजेन्द्र कार्की
  • सामाजिक विकास मन्त्रालय : पाँचकर्ण राई
  • ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय : एकराज कार्की
  • भौतिक पूर्वाधार विकास मन्त्रालय : गणेश उप्रेती
  • पर्यटन, वन तथा वातावरण मन्त्रालय : नारायणबहादुर बुर्जा मगर
  • आन्तरिक मामिला तथा कानुन मन्त्रालय : लिलाबल्लभ अधिकारी
  • सृजना राई : राज्यमन्त्री
  • बन्दना झाँगड : राज्यमन्त्री

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *