गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको होः सांसद महत

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ४, २०८१      0

जेठ ४ – नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन हुनेगरी संसदीय छानविन समिति बनाउनुपर्ने बताएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन गर्नका लागि संसदीय छानविन समिति आवश्यक भएको बताए हुन् ।

उनले सहकारी ठगि प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उनलाई छानविनको परिधिभित्र ल्याउनुपर्ने बताएका छन् । उनले गृहमन्त्री लामिछाने शक्तिमा भएकाले सो उपर भइरहेको छानविनमा अनुचित प्रभाव पर्नसक्ने भन्दै सोही कारण संसदीय छानविन समितिको माग गरिएको बताउनु भयो । उहाँले सत्ता र शक्तिमा हुनेहरु छानविनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरु छानविनमा आउनेगरी समिति बन्नु नहुने उनको भनाई छ ।

उनले भने – ‘संसदीय छानविन समितिको मर्म दुरुपयोगमा संलग्न कोहीपनि कुनै सत्ता, शक्तिको कारणले छानविनको परिधिभित्र नआउने र जसको सत्ता, शक्ति बाहिर छैन उनीहरु मात्रै छानविनको परिधिमा आउने त्यस्तो भेदभावपूर्ण तरिकाबाट हुनु भएन । त्यसलाई समान किसिमबाट हेरिनुपर्छ । त्यस किसिमबाट छानविन समिति बन्ने कुरा न्युनतम कुरा हो । गृहमन्त्री पनि संलग्न हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ । त्यसो हुनाले छानविनको दायरामा सबै आउनुप¥यो उहाँ लगायत । उहाँको पनि आउनुप¥यो । जति पनि सहकारी पीडित छन् त्यसको पनि छानविन गर्नुस् । यद्यपी राज्य संरचनाले कतिपय कुराहरु गरिपनि राखेको छ । अब त्यो विषय पनि संसदीय छानविन समितिले नै हेरोस् । रविजी शक्तिमा पनि हुनुहुन्छ । जिम्मेवारीमा पनि हुनुहुन्छ । त्यसकारण यो छानविन प्रक्रियामा अनुचित प्रभाव पर्ने सम्भावना छ । त्यसो हुनाले हामीले संसदीय छानविन समितिको माग ग¥यौँ । होइन भने त्यस्तो आवश्यकता पर्दैन थियो । त्यसो हुनाले उहाँको विषय पनि त्यहाँ उल्लेख हुनुप¥यो ।’

सांसद महतले गिरिबन्धु टि स्टेटको सम्पूर्ण निर्णय प्रक्रियामा सत्तारुढ दलहरुनै संलग्न भएको भन्दै कांग्रेसको कुनै संलग्नता नरहेको जिकिर गरे । उनले सो सम्बन्धमा अदालतको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको पनि भएको बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *