तराईमा तातो हावाको लहर अझै केही दिन चल्ने स् आज पहाडी केहि ठाउँको मौसम बदली

 ग्लोबल टिभि      शनिबार, जेष्ठ ५, २०८१      0

जेठ ५– तराई मधेशका जिल्लामा तातो हावाको लहर अझै केही दिन चल्ने देखिएको छ । तराईमा गर्मी बढ्दो क्रममै छ । मुख्य गरी लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका धेरैजसो ठाउँमा तापक्रम ४० डिग्री नाघेको छ । धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियभन्दा माथी पुगेको छ ।

वैशाखको अन्तिम हप्ता पानी परेपछि उखरमाउलो गर्मी घटेर राहत मिलेको तराई मधेशमा फेरी गर्मी बढेको हो । गर्मी बढेसँगै तराई मधेशको जनजीवन कष्टकर बनेको छ । उखरमाउलो गर्मीका कारण घर बाहिर निस्कनै समस्या भएको स्थानीयबासिन्दाले बताएका छन् ।

गर्मीका कारण शरिरमा पानी कमी भएर रिँगटा लाग्ने र मुर्छा परियलाजस्तो हुने, मुटुको ढुकढुकी बढ्ने, शरिरले छालाबाट ताप फाल्दा रातो डाम देखापर्ने, पसिना धेरै आउने, रगतको प्रवाह बढ्दा कुर्कुचा सुन्निने जस्ता लक्षणहरु देखा पर्छन् । गर्मीले शरिरलाई हानी गर्ने भएकोले सावधानी अपनाउनुपर्ने डाक्टरको सुझाव छ ।

आज देशका पहाडी केहि क्षेत्रको मौसम बदली छ । नेपालमा अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *