हिजो रोकिएको रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि नियमित

 ग्लोबल टिभि      शनिबार, जेष्ठ ५, २०८१      0

जेठ ५ – ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि नियमित हुँदैछ । ओकुबहालबाट लगनखेलसम्म तान्ने क्रममा रथ ढल्किएपछि ललितपुर गुठी संस्थानले हिजो एकदिन रथयात्रा रोकेर रथ मर्मत गरेको थियो । मर्मतको काम सकिएकाले आजदेखि रथयात्रा नियमित हुन लागेको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले जानकारी दिए। उनका अनुसार आज दिउँसो ४ बजे थपाहितीबाट रथ मात्र तान्न शुरु हुनेछ ।

अघिल्लो शनिवार पुल्चोकबाट रथ तान्न शुरु भएको हो । अहिलेसम्म रथलाई गाबहाल, महापाल, मङ्गलबजार, सुन्धारा, ओकुबहाल हुँदै थपाहितिसम्म तानिएको छ । अब थपाहितिबाट रथ तानेर लगनखेल, इटिटोल, जावलाखेलसम्म पु¥याउन बाँकी छ । रथलाई जावलाखेलमा पु¥याएर भोटो देखाएपछि जात्रा समापन हुन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *