ललितपुरमा सुनचाँदीका गहना र नगद चोरीमा संलग्न ६ जना पक्राउ

 ग्लोबल टिभि      शनिबार, जेष्ठ ५, २०८१      0

जेठ ५- ललितपुरमा चोरी गर्ने सहूका व्यक्तिहरू पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका २१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका(६ का २८ वर्षीय सुवास सुनार, काठमाडौं मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका(३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा(१४ का मोहम्मद समिर रहेका छन् ।

पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोवाइल पसल संचालक हुन् । उनले चोरी भएको बोबाइल किनबेच गरेक प्रहरीको भनाइ छ । समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् ।

उनीहरूलाई फरक(फरक दिन फरक(फरक ठाउँबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

गुरुङको घरबाट वैशाख ९ देखि ९ गतेको बीचमा सुन चाँदीका गरगहनाहरु, नगद तथा आइफोनलगायतका धनमालहरु चोरी भएको थियो ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *