रास्वपालाई विश्वप्रकाशको सुझाव स् दोषी जेल जाने हो, अरूले राजनीति छोड्नु पर्दैन

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ १०, २०८१      0

जेठ १० – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलका सबै नेतामाथि छानबिन गर्न तयार रहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा शर्माले कांग्रेसका जो कोही नेतामाथि अनियमितताको आरोप लागे पनि छानबिन गर्न सकिने बताएका हुन् ।

‘कांग्रेसका सांसद, सभापति, चलनचल्तीको भाषामा भन्दा दाजुरभाउजूमाथि, माइजूरमामामाथि कोकोसँग छानबिन गर्नुछ, गर्दा हुन्छ,’ उनले भने, ‘नामै लेख्नुस् । थर लेख्नुस् । ठेगाना लेख्नुस् । तर छानबिन गम्भीरतापूर्वक गर्नुस् ।’

छानबिनका क्रममा जो दोषी देखिए पनि जेल जान्छ । बाँकीले ढुक्कले राजनीति गर्न सकिने शर्माले बताए । ‘रास्वपाका एक नेताले भन्नुभएछ । हाम्रा सभापति दोषी ठहरिए हामी सबैले राजनीति छोडिदिन्छौं,’ शर्माले भने, ‘विश्वप्रकाशमाथि छानबिन गर्ने, दोषी देखिए जेल जाने हो । बाँकी कांग्रेसीले राजनीति छोड्ने होइन ।’

 

गृहमन्त्री रवि लामिछानेले पनि छानबिन समिति बनेपछि त्यसले दिएको निर्णय मान्नुपर्ने शर्माले बताए । संसद्‌मा बोल्दै गर्दा अन्तर्राष्ट्रिय छानबिन समिति बनाए हुन्छ भन्ने गृहमन्त्रीले समितिको कार्यादेशमा भने गोर्खा मिडियाको नाम लेख्न नचाहेको शर्माले बताए ।

‘सबै सहकारीको छानबिन गर्न सम्भव छैन । अस्पतालमा आएका सबै बिरामीको अप्रेसन गर्ने भन्ने हुँदैन,’ शर्माले भने, ‘कसलाई एन्टिबायोटिक दिएर पठाउने हो, कसलाई अप्रेसन गर्नुपर्ने हो डाइग्नोसिसपछि प्रमाणित हुन्छ ।’

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *