तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छः अध्यक्ष नेपाल

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ११, २०८१      0

जेठ ११ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो देशभर बिस्तार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार ललितुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा तेक्वान्दै धेरै नै लोकप्रिय बनिरहेको बताएका छन् । उनले तेक्वान्दोलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

उनले तेक्वान्दो छोरीहरुलाई बढी भन्दा बढी सिकाउनुपर्ने जसले महिला हिंसाका घटनाहरु कम हुने बताएका छन् । उनले खेलले शरीरलाई स्वस्थ बनाउने बताए । उनले जिल्ला, पालिकाहरुमा पनि तेक्वान्दो बिस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘मलाई लाग्छ नेपालमा तेक्वान्दो धेरै नै पपुलर छ । नेपालमा लोकप्रिय हुँदै गइरहेको छ । यसलाई हामीले अझै बिस्तार गर्नुपर्छ । आफ्नो शरीरलाई स्वस्थ बनाउन अझै यसलाई बिस्तार गर्नुपर्छ । समाजमा अझै पनि विकृतिहरु छन् । महिला हिंसाका घटनाहरु भइरहेका छन् । जिल्ला जिल्लामा, पालिकाहरुमा खास गरी महिलालाई, छोरीहरुलाई तेक्वान्दोको तालिम दिनुस् । त्यसले आत्मविश्वास बढ्छ । प्रदेश, प्रदेशमा पनि यस्तै अभियान चलोस् ।’

अध्यक्ष नेपालले खेलले सामुहिकताको भावना बढाउने बताएका छन् । उनले खेलबाट अनशासित हुन, मेहनती हुन प्रेरित हुने बताउनु भयो । उहाँले खेललाई प्रोत्साहन दिनुपर्ने बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *