सिरोहियाको मुद्दामा सकियो बहस, आदेश आउन बाँकी

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ११, २०८१      0

जेठ ११ –  नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको मुद्दामा बहस सकिएको छ । धनुषा जिल्ला अदालतको ५ नम्बर इजलासमा उपस्थित गराएपछि सुरुमा सिरोहियाकोतर्फबाट ७ जना वरिष्ठ वकिलले बहस गरे । सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोलीले बहस गरेको हो ।

सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले बहस गरे । धनुषा अदालतको पाँच नम्बर इजलासमा न्यायाधीश रोमाकान्त ज्ञवालीसमक्ष सिरोहियाका वकिलहरूले बहस सकेपछि सरकारी वकिलकोतर्फबाट बहस भएर सुनुवाइ सकिएको हो ।

सुनुवाइ सकिएसँगै अब न्यायाधीश ज्ञवालीले यो मुद्दामा सिरोहियालाई म्याद थप गरेर हिरासतमै राख्ने या बाहिर पठाएर प्रक्रिया अघि बढाउने आदेश दिने छन् ।

मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबार (आज) सम्म दिएको तीन दिनको म्याद सकिएपछि थप्न पेस गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियाको केसमा अनुसन्धान नसकिएकाले थप ५ दिन म्याद मागेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *