‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ११, २०८१      0

जेठ ११ – दोस्रो संस्करणको टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा दोस्रो संस्करणका रूपमा दामी मिडियाले ल्याउने तयारी गरिरहेको जनाइएको छ । पहिलो सिजनको विजेताका रूपमा भाईबर साइमनले उपाधि हात पारेका थिए । उपविजेता जेनिश क्षेत्री थिए ।

विजेताले १० लाख पुरस्कार, विदेशमा प्रस्तुतिको अवसर पाउनेछन् । उपबिजेताले नगद ५ लाख रुपैयाँका साथै विदेशमा प्रश्तुतिको अवसर पाउनेछ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने बताइएको छ । ३२ एपिसोडसम्म प्रशारण गरिने नेपहपको श्रीपेच –२ को कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलले गरेका हुन् । यो रियालिटी शोका निर्देशक निकेस खड्का रहेका छन् । अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यो सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ दोङ रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *