पोर्चुगलमा युगकवि सिद्धिचरणको सम्झनामा कार्यक्रम

 ग्लोबल टिभि      आइतवार, जेष्ठ १३, २०८१      0

जेठ १३ – पोर्चुगलको लिस्बोनमा युगकवि सिद्धिचरण श्रेष्ठको ११३औँ जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्चुगलले आयोजना गरेको उक्त कार्यक्रममा सिद्धिचरण जन्मजयन्ती विशेष काब्य सन्ध्याको आयोजनासँगै कृति लोकार्पण समेत गरिएको छ ।

कार्यक्रममा एपेक नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठ तथा कवि डा. रुपक श्रेष्ठले युगकवि सिद्धिचरण श्रेष्ठको काव्यकारिताबारे चर्चा गरे ।सोही अवसरमा अनेसास पोर्चुगलका अध्यक्ष सवी श्रेष्ठद्वारा लिखित मुक्तककृति ‘अपरिभाषित आभा’को स्थानीय स्तरमा लोकार्पण पनि गरियो ।

कार्यक्रममा संगीतकार अर्जुन सुनामलगायतले युगकविको प्रसिद्ध काव्य रचना ‘मेरो प्यारो ओखलढुंगा’ गाएर सुनाएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *