कोरोना जस्तै अर्को महामारी आउने बेलायती वैज्ञानिक प्याट्रिकको दावी

 ग्लोबल टिभि           0

जेठ १६ –  बेलायतका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन् । उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए । पूर्ववैज्ञानिक सल्लाहकारले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन् ।

उनले कोरोना जस्तो परिस्थितिसँग जुध्न तयार रहनुपर्ने बताए । महामारीको सामना गर्न हामी अझै तयार नभएको उनले जोड दिए । 

द गार्डियनको रिपोर्टका अनुसार, एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्यालेन्सले भने, हामीले सुरुमा खतराहरू पत्ता लगाउन राम्रो निगरानी प्रणाली स्थापना गर्न आवश्यक छ ।

भ्यालेन्सले देशमा चुनाव भइरहेका बेला यो उपयुक्त समय भएको बताए । महामारीको खतरालाई चुनावमा मुद्दा बनाउनु महत्त्वपूर्ण छ। उनले चुनावपछि आउने सरकारलाई महामारीको अवस्थामा छिटो निदान परीक्षण, खोप छिटो उपलब्ध गराउने जस्ता विषयमा काम गर्न सुझाव दिएका छन् । 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *