समाजसेवी शर्माको निधन

 ग्लोबल टिभि           0

काठमाडौं । अग्रज समाजसेवी, नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेश कुमार शर्माको मंगलबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको छ ।

९३ वर्षीया शर्माको मृत्युले नेपालले सामाजिक सेवा क्षेत्रको एक स्तम्भ ढलेको नेपाल रेडक्रस सोसाइटीको अध्यक्ष डा. नेत्र प्रसाद तिम्सिनाको भनाई छ । मंगलबार नै उनको पशुपतिनाथ, आर्यघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ ।

त्यसअघि आर्यघाटमा उहाँका परिवारजन, आफन्त र शुभेच्छुकहरुको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट अध्यक्ष डा. नेत्र प्रसाद तिम्सिना र महामन्त्री पीताम्बर अर्यालले स्व. शर्माको पार्थिव शरिरमा रेडक्रसको झण्डा र पुष्पगुच्छा अर्पण गरी अन्तिम बिदाई गरेका थिए । एक मिनेट मौनधारण सहित गरिएको संक्षिप्त श्रद्धान्जली कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा.नेत्र तिम्सिनाले स्व. शर्माले सुरु गरेको असल कामलाई प्रेरणाको रुपमा लिने र उनले छोडेको पदचापलाई रेडक्रस अभियानमा अघि बढाउने प्रतिबध्दता व्यक्त गरे ।

स्थापनादेखि १६ वर्ष नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष रहेका स्व. शर्माको कार्यकालमा विश्वमा नेपाल रेडक्रस सोसाइटीको राम्रो छवि निर्माण भएको हो । ९३ वर्षीय शर्माले कोभिड–१९ लाई परास्त गरे पनि निमोनिया र अन्य स्वास्थ्य समस्याका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

शर्माले स्पेनका राजाबाट समाजसेवा सम्मान प्राप्त गरेका थिए । शर्माले नेपाल प्रेस इन्ष्टिच्यूटको स्थापनामा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । साथै नेपालमा मुद्रण (प्रिन्टीङ प्रेस) उद्योगको आधुनिकीकरण पनि उनकै पहलमा भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *