ग्लोबल टिभि
0
जेठ १८ – नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस नाघेपछि विद्यालयको बिदा थप गरेर असार ७ गतेसम्मका लागि बढाइएको छ।
गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि जेठ १५ गतेदेखि १९ गतेसम्मका लागि दिइएको बिदालाई थप गरेर जेठ २० गतेदेखि असार ७ गतेसम्म थप गरिएको नेपालगन्ज उपमहानगरले जनाएको छ।
चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई पर्याप्तता मात्रामा पानी खुवाउन अनुरोध गरेका छन्।
Post Views: 426
Leave a Reply