ल्यापटप र फोनमा कसरी हेर्ने विश्वकप क्रिकेटको लाइभ ?

 ग्लोबल टिभि           0

जेठ २२ –  दस वर्षपछि नेपालले आइसीसी टी-२० विश्वकपमा आज पहिलो खेल खेल्दैछ। नेपालले राति ९:१५ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेल्न लागेको हो। टीभी नहुनेले वा इन्टरनेटबाट कसरी नेपालको खेल हेर्न सकिन्छ भन्ने आम चासो रहेको छ। नेपालको खेल इन्टरनेटको विभिन्न माध्यमबाट हेर्न सकिन्छ। सबैभन्दा भरपर्दो माध्यम भनेको आइसीसी टिभी हो।

आयोजक आइसीसीले आफ्नो वेवसाइट र मोबाइल एपबाट विश्वकपको खेल लाइभ स्ट्रिमिङ गर्दै आएको छ। नेपालको खेल पनि आइसीसीको वेवसाइट वा मोबाइल एपबाट हेर्न सकिन्छ।

स्मार्टफोन वा ल्यापटपमा विश्वकप लाइभ हेर्ने तरिका
  1. सबैभन्दा पहिले यहाँ क्लिक गरेर आईसीसीको एप इन्स्टल गर्नुहोस् । (तपाईंसँग एन्ड्रोइड वा आईओएस जुन डिभाइस भए पनि यो क्लिक गर्दा सम्बन्धित एप स्टोरमा पुग्नु हुनेछ, यदि कम्युटर वा ल्यापटपबाट हो भने आईसीसीको वेब पेज खुल्नेछ ।)
  2. त्यसपछि एप खोल्नुहोस् अनि होमपेजमा जानुहोस् र त्यहाँ देखिएको नेक्स्टको बटनमा ट्याप गर्नुहोस् । (वा सोझै माथि दायाँपट्टि रहेको स्किपको बटनमा ट्याप गर्नुहोस् ।)
  3. पहिला जसरी नै अरू नेक्स्टको बटन ट्याप गर्दै जानुहोस् । र, अन्तिममा देखिने ‘साइन इन अर रजिस्टर’ (Sign in or Register) बटनमा ट्याप गर्नुहोस् । आवश्यक विवरण राखेर अकाउन्ट खोल्नुहोस् ।
  4. यति गरेपछि लगइन पेज खुल्छ । यदि तपाईंसँग पहिले नै अकाउन्ट छ भने सोझै ईमेल एड्रेस र पासवर्ड राख्नुहोस् ।  यदि फेसबुक वा गुगल अकाउन्टबाट खोल्नु भएको छ भने तलपट्टि देखिएका फेसबुक र गुगलको अप्सनमा ट्याप गर्नुहोस् ।

  • फेसबुक वा गुगल अकाउन्टको अप्सन छान्दा तपाईंले पहिला जुन अकाउन्ट प्रयोग गर्नुभएको थियो त्यही अकाउन्ट छान्नुहोस् । त्यसपछि उक्त पेजको होमपेज खुल्छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *