उपत्यकामा थुप्रियाे फाेहाेर

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ २१, २०७८      0

उपत्यकाको फाेहाेर उठ्न  छाडेकाे छ, बिहीबारदेखि फाेहाेर उठ्न छाडेको स्थानीयले बताएका छन्। काठमाडौका पुरानाे वानेश्वर, गाैशाला , चावहिल क्षेत्रमा फाेहाेर सडक छेउमा थुप्रिएकाे छ।  निषेधाज्ञाकाे समयमा मानवीय चहलपहल कम भएपनि फाेहाेर नियमित उठ्न छाडेका छ।उपत्यकामा दैनिकी संकलित काे फाेहाेरकाे दीर्घकालीन व्यवस्थापन नहुदा फाेहाेर सधै टाउको दुखाईकाे विषय यथावत छ।

केही समयअघि काठमाडौ महानगर र  सिसडोलका स्थानीयसंग  सहमति भएपछि फाेहाेर उठेको थियोे । सडक छेउमा थुप्रिएको फोहोरले नाक थुनेर हिड्नुपर्ने बाध्यता छ । सडकको फोहोर नियमित नउठ्दा उपत्यकाको वातावरण समेत दुषित हुने समस्या छ । उपत्यकाको फोहोर व्यवस्थापनकालागि काठमाडौ महानगरले वर्षेनी लाखौ रुपैया खर्च गर्दै आएको छ । तर, सरकारी योजनाको प्रभावकारीताको अभावमा सधै फोहोर सडक छेउमा थुप्रिने समस्या दोहोरिदै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *