‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रशारण हुने

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ २४, २०८१      0

जेठ २४ – डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रशारण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । शो एपिवान टेलिभिजनमार्फत प्रशारण हुने आयोजक आईडिए स्टुडियोले बताएको छ । सिजन टु मा सोलो, डुयल, ट्रियो र ग्रुपमा समेत प्रश्तुति गर्न पाइने बताउनु भयो । प्रिमियरदेखि फिनालेसम्म निर्णायकको भिट्टो पावर लगाउनसक्ने व्यवस्था रहेको बताइएको छ ।

शोको लागि अडिसन राउण्ड सकिसकेको छ । कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीत, संगीत, नृत्य र अभिनय सबै कलाकारिताका एक अर्काका परिपूरक भएको बताए । उनले अहिले पनि अवसर पाए नृत्य सिक्न मन रहेको बताए । उनले चलचित्रका लागि अहिले नृत्य सिक्नु अनिवार्य नै भइसकेको बताए ।

उनले भने, ‘गीत, संगीत, नृत्य र अभिनय यि सबै कलाकारिताका एक अर्काका परिपूरक हुन् । हाम्रो पालमा जब म कलाकार बन्न आएको थिएँ । त्यतिबेला यस्तो डान्स रियालिटी शो खासै थिएन । कहाँ सिक्ने होला भन्ने थियो । डान्स स्कुलहरु थिएनन् । चाहेर पनि डान्स सिक्न पाइन । अझै पनि मौका पाएँ भने सिक्ने कोशिस गर्दछु । डान्स फिल्मको लागि कम्पलसरी नै भइसकेको छ ।’

‘डान्स च्याम्पियन सिजन २’ सिपमा कुनैपनि उमेरकाले सहभागिता जनाउनसक्ने आयोजकले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *