गोविन्दाले सुरू गरे ओटिटी एप ‘फिल्मी लट्टु’

 ग्लोबल टिभि           0

जेठ २७ –  बलिउड अभिनेता गोविन्दाले ओटिटी एप ‘फिल्मी लट्टु’ सञ्चालनमा ल्याएका छन्।  यस ओटिटी प्लेटफर्मबाट दर्शकको विविध मनोरञ्जन आवश्यकतालाई पुरा गर्ने बताइएको छ। यसमा फिल्मदेखि लिएर वेब सिरिज, अन्तर्वार्ता, पर्दा पछाडिको फुटेजसम्म अप्लोड गरिने छ।

गोविन्दाको सन् २०१७ मा आएको फिल्म ‘आ गया हीरो’ स्ट्रिमिङ गर्दै एपकोे सुरूवात गरिएको छ। ‘फिल्मी लट्टू’ एपलाई गूगल प्ले र एपल स्टोरबाट डाउनलोड गर्न सकिन्छ। दर्शकले मासिक रूपमा १४९ भारू तिरेर एपको आनन्द लिन सक्नेछन्।

गोविन्दा लामो समयदेखि फिल्मबाट टाढिएका छन्। उनले सन् २०१९ मा ‘रंगीला राजा’ मा देखिएका थिए। जसमा उनले दोहोरो भूमिका निर्वाह गरेका थिए। तर फिल्मलाई दर्शकले खासै रूचाएनन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *