ग्लोबल टिभि
0
जेठ २७ – भारतमा आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिँदैछन्। प्रधानमन्त्रीसँगै ६८ मन्त्रीहरुले पनि आइतबार शपथ लिँदैछन्।
५४३ सदस्यीय लोकसभाका लागि भएको चुनावपछि गत मंगलबार भएको मतगणनामा भारतीय जानता पार्टी नेतृत्वको एनडीए गठबन्धनलाई २९३ सिट मिलेको थियो।
उता भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनलाई २४० सिट मिलेको थियो। भाजपा एक्लैले २४० सिट मात्र सुरक्षित गर्दा मोदी नेतृत्वको तेस्रो सरकार कमजोर देखिएको छ।
नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आइतबार नयाँ दिल्ली प्रस्थान गरेका छन्। विश्वभरिबाट ८ हजार अतिथि शपथ ग्रहण समारोहमा सहभागी हुनेछन्।
Post Views: 369
Leave a Reply