इजरायली युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जद्वार राजीनामा

 ग्लोबल टिभि      सोमवार, जेष्ठ २८, २०८१      0

जेठ २८ – इजरायलका मध्यवादी युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले आईतवार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आपतकालीन सरकारबाट राजीनामाको घोषणा गरेका छन् । साथै नयाँ चुनावको लागि आह्वान गरेका छन् ।

प्रतिक्रियामा नेतान्याहुले इजरायल धेरै मोर्चाहरूमा अस्तित्वको युद्धमा रहेको र यो अभियान छोड्ने समय नभएको बताएका छन् । गान्ट्जले नेतन्याहूलाई युद्धविराम सम्झौतामा आफ्नो राजनीतिक अस्तित्वलाई प्राथमिकता दिएको आरोप लगाए ।

नेतन्याहुको सरकार विरुद्ध बढ्दो सार्वजनिक विरोधको प्रतिध्वनि गर्दै गान्ट्जले नयाँ चरणको चुनावको लागि आह्वान गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *