इजिप्ट र अजरबैजानबीच द्विपक्षीय सम्बन्ध बिस्तारबारे छलफल

 ग्लोबल टिभि      सोमवार, जेष्ठ २८, २०८१      0

जेठ २८ – अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँगको संयुक्त पत्रकार सम्मेलनमा इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसीले ऐतिहासिक सम्बन्धका आधारमा आगामी अवधिमा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन दुई देशको चासो झल्काउने गरी भ्रमण महत्वपूर्ण भएको बताएका छन् ।

दुवै पक्षले विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न, आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा समन्वय गर्ने र उपलब्ध अवसरको सदुपयोग गरी आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रवद्र्धन गर्न सँगै काम गरिरहने आकांक्षा पुष्टि गरेका छन् । विद्युत तथा नवीकरणीय ऊर्जा, अर्थतन्त्र, सूचना तथा सञ्चार प्रविधिलगायतका क्षेत्रमा सम्झौतापत्रमा हस्ताक्षर समारोह सम्पन्न भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *