वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक

 ग्लोबल टिभि           0

जेठ २८ –  वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमाबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेब सिरिजको टिजर सार्वजनिक गरिएको हो । चाँडै एपी वान टेलिभिजन र म्युजिक नेपालद्धारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुनेछ ।

यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ । यो सिरिज नेपालमा नै पहिलो पटक मंहगो बजेटमा निर्माण गरिएको हो । अभिनेत्री प्रियंका कार्कीले सिरिजको लागि आफुले तीन वर्षभन्दा बढि समय दिएको बताउँछिन् ।

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन् । २४ एपिसोड निर्माण गरिएको सिरिजमा तीन सय ५० बढि कलाकारले काम गरेको निर्माण टिमले जानकारी दिएको छ । त्यसका साथै हरेक एपिसोड १ घण्टा लामो रहेको बताए । नेपालमा ठुलो बजेटमा पूर्ण रुपमा पहिलो पटक वेब सिरिज निर्माण गरिएको निर्माण कम्पनिले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *