मलावीका उपराष्ट्रपतिसहित अरु ९ जना चढेको विमान बेपत्ता

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ २९, २०८१      0

जेठ २९- पूर्वी अफ्रिकी राष्ट्र मलावीका उप–राष्ट्रपति साउलोस चिलिमा र अरु ९ जना चढेको विमान बेपत्ता भएको छ । मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि राडारबाट बाहिर गएर सम्पर्कविहिन भएको बीबीसीले जनाएको छ ।

यो विमान एम्जुजु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान १० बजे अवतरण गर्नुपर्ने थियो । डिफेन्स फोर्सका कमान्डरले घटनाको बारेमा जानकारी दिएपछि राष्ट्रपति लाजरस चकवेराले पूर्व निर्धारित आफ्नो उडान रद्द गरेर हराएको विमान खोजी र उद्धार कार्यको आदेश दिएको छ ।

मलावीका सूचना मन्त्री मोसेस कुन्कुयुले विमान खोज्ने प्रयास जारी रहेको बताए । उप–राष्ट्रपति साउलोस तीन दिनअघि निधन भएका पूर्व क्याबिनेट मन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *