गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न – जीवी राई कहिले पक्राउ पर्छन् ?

 ग्लोबल टिभि           0

जेठ २९ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सहकारी प्रकरणमा फरार जीवी राईलाई छिटोभन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शाहीले अहिलेको अवस्था हेर्दा देश भन्दा ठूलो जीवी राई देखिएको भन्दै उनलाई छिटो भन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गरेका हुन्।

आकास पाताल जहाँबाट भएपनि राईलाई पक्राउ गरेर ल्याउँछौं भनेर गृहमन्त्रीले भनेकाले कहिले पक्रेर ल्याउने हो हेरेर बसेको उनले बताए । शाहीले आज सानासाना कुरा मात्रै नभई ठूलाठूला भ्रष्टाचार र अनियमितताका फाइल खोल्न सुझाव दिए । उनले गिरीबन्धु प्रकरणका विषयमा पनि छानविन गर्दै सत्यतथ्य संसदलाई जानकारी गराउन माग गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *