केही वर्षभित्र वैकल्पिक शक्तिले नै हो देशको नेतृत्व गर्ने : बाबुराम भट्टराई

 ग्लोबल टिभि      बुधबार, जेष्ठ ३०, २०८१      0

जेठ ३० – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिलेको व्यवस्थालाई थप परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

पार्टीको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले अहिलेको संविधान आधा भरिएको र आधा खाली गिलास भएको भन्दै यसलाई पूर्ण बनाउन शासकीय स्वरुप लगायतका व्यवस्थालाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताए।

उनले प्रदेश र केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने बताए। भट्टराईले राजनीतिक स्थीरता र भ्रष्टाचारमुक्त देश नबनाएसम्म विकास हुन नसक्ने बताए।

उनले पुराना दलका नेताहरू धृतराष्ट बनिसकेको भन्दै उनीहरूको बाहुपासमा नफस्न नयाँ दलका नेताहरूलाई सुझाव दिए। देशलाई अबको केही वर्षभित्र देशको नेतृत्व गर्ने वैकल्पिक शक्ति नै भएको उनको भनाइ छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *