गृहमन्त्री लामिछाने : बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफ्नै ठानून्

 ग्लोबल टिभि           0

जेठ ३२ –  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई नागरिकले महसुस गर्न सक्ने गरी प्रभावकारी बनाउनुपर्ने बताएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले यसो भनेका हुन् ।

उनले कार्यालयका सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै विभिन्न जानकारी पनि लिए । निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावबीच ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बताए ।

ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिवद्ध रहेको उनले बताए । लामिछानेले बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफ्नै महसुस गर्नुपर्ने बताए ।

‘युनिफर्म लगाएका प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो कामप्रति जवाफदेही हुनुपर्छ’, उनले भने, ‘युनिफर्म लगाएको प्रहरीलाई देखेर नागरिकलाई लागोस् कि यो मेरो मान्छे हो । यसका लागि प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *