विश्व वातावरण दिवस मनाइँदै

 ग्लोबल टिभि           0

आज जुन ५ अर्थात विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी भर्चुअल माध्यमबाट मनाइदैछ । सन १९७२ मा स्वीडेनको स्टकहोममा मानव वातावरण सम्बन्धि संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनको सभाले यो दिवस तय गरेको थियो ।

यसलाई सन १९७४ देखि मात्र एक पृथ्वी नाराका साथ विश्वव्यापी मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम अन्तरगत संचालित वातावरण दिवश संसारमा मनाइने सबैभन्दा ठूलो वार्षिक कार्यक्रम हो ।

मानिसहरुमा वातावरणीय चेतको उजागर गर्ने, प्रकृतिलाई सुरक्षित गराउन जागरुक बनाउने दिवसको उदेश्य रहेको छ । यस्तै, बढ्दै गएको वातावरणीय मुद्धाहरुको संवोधन गरी स्वास्थ्य र सुरक्षित वातावरण निर्माणको लागि विश्वका नागरिकलाई प्रोत्साहित गर्नु पनि दिवसको मुल उदेश्य हो । पछिल्लो समय वन विनास र बन्यजन्तुको आवासमा अतिक्रमण बढ्दै गएको छ ।

यस्तै, तीव्र रुपमा विकास हुँदै गइरहेको प्रविधिले कृषि र जलवायु परिवर्तन लगायतका मानवीय कार्यले प्रकृतिमाथि ज्यादती गरेको छ । यसको प्रत्यक्ष असर जैविक विविधतामा परेकको छ । जसका कारण विश्वमा नयाँ रोगहरु देखापरेका छन् भने मानवीय जीवन जोखिममा पर्दै आएको छ ।।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *