नेपालगञ्जमा मेशीन बिस्फोट हुँदा एकको मृत्यु

 ग्लोबल टिभि      शनिबार, जेष्ठ २२, २०७८      0

नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् । शनिबार नेपालगञ्ज–२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्ने क्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा मृत्यु भएकोे हो । उक्त मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का २५ वर्षीय साविराज मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले बताएका छन् । विस्फोटमा सोही मिलमा कार्यरत मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएकका छन् । घाइतेहरुको र उनीहरुको नेपालगञ्ज नर्सिङ्ग होममा उपचार भई रहेको प्रहरीले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *