पोखरा । पोखराको बिरौटामा पार्किङ गरी राखेका २ मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पोखरा-१७ बिरौटामा पार्किङ गरी राखिएका ग।१२ प। ८६९८ नं को बुलेट र ग/७ प/ ९७८८नं को होण्डा साईन मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले पोखरा–१७ बिरौटा निवासी १९ वर्षीय दिवस रानाभाटलाई पक्राउ गरेको हो । कात्तिक २६ गते राति ११।४५ बजे बिरौटा स्थित सन्तोष आयल स्टोर्स अगाडि पार्किङ गरी राखेका २ मोटरसाइकलमा रानाभाटले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मोटरसाइकलमा आगलागी गरी फरार रहेका रानाभाटलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले मंसिर २ गते मंगलबार पोखराको बिरौटाबाट पक्राउ गरेको हो । रानाभाटलाई अपराधिक उपद्रव कसुर अन्तरगत कारवाही अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीा प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले बताउनुभयो ।
Leave a Reply