प्रधानमन्त्रीको आवाज नै नसुनी बजेट पारित भयो : रामहरी खतिवडा

 ग्लोबल टिभि           0

असार ११ – नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनी पारित भएको बताएका छन्। मङ्गलवार प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्रीलाई नै नटेरेको बजेट प्रतिनिधिसभाबाट पारित भएको टिप्पणी गरे।  उनले ३ करोडभन्दा तलको योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने प्रधानमन्त्रीको कुरा मन्त्रीहरुले नै नमानेका कारण प्रधानमन्त्रीको कुरा नसुनिएको बताए।  उनले आगामी दिनमा बजेट ल्याउने र पारित गर्ने तरिकामा परिवर्तन गर्नुपर्ने बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *