जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २५ जना पक्राउ

 ग्लोबल टिभि      बुधबार, मंसिर ३, २०७७      0

काठमाडौं । बागलुङ नगरपालिका-३ गुठीस्थित अमिना होटलमा तास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने बस्ने ५० वर्षीय हिरा थापा लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ४ सय ७५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै तनहुँ, बन्दीपुर गाउँपालिका-१ छापस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण कपाली लगायत १४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ५ सय ५० रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका-४ बस्ने रबिन्द्र प्रताप सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा सेन लगायत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ११ हजार ६ सय १३ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरि त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *