असार १८ – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले लामो समयसम्म नवीकरण नभएका १४७३ वटा कन्सलटेन्सी,ब्राइड कोर्ष र लेन्गुइज क्लासहरूले तत्काल नवीकरण नगरे कारबाही गर्ने चेतावनी दिएकी छिन्। आज(मंगलबार) लामो समयसम्म यी कन्सल्टेन्सी तथा भाषा शिक्षण संचालन गर्ने संस्थाहरूले नवीकरण नगरपछि यस्तो चेतावनी दिएकी हुन्।
शिक्षामन्त्री श्रेष्ठले भनेकी छिन्,‘नवीकरण गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशन गरेको छ,बिना अनुमति आफू खुशी सञ्चालन भएका शैक्षिक मेला र निश्चित समयपछि नवीकरण नभई सञ्चालनमा रहेका संस्थाहरूलाई कारवाही गरिनेछ।’
उनका अनुसार २०७५ साल साउन १६ गतेबाट संस्था दर्ता तथा सोका लागि आवेदन, नवीकरण लगायतका कार्यहरू रोकिएको थियो। नवीकरण रोकिँदा सेवा प्रदान गरेका विद्यार्थीको विवरण मन्त्रालयले प्राप्त गरिरहेको थिएन भने सेवाहरूबाट प्राप्त हुने राजस्वसमेत अद्यावधिक हुन सकेको थिएन।
‘साथै अनुगमन तथा नियमन समेत भएको थिएन, सेवाग्राही मर्कामा परेपछि कारवाहीका लागि उजुरी गर्दा समेत समस्या परेको गुनासो आउने गरेको थियो, यसकारण समयसीमाभित्र नवीकरणका लागि आवेदन दिन सम्बन्धित संस्थाहरूलाई अनुरोध छ,’उनले भनेकी छिन्।
Leave a Reply