जिपको ठक्करबाट एकजनाको मृत्यु

 ग्लोबल टिभि      बुधबार, मंसिर ३, २०७७      0

डोटी । बाजुराको खप्तड छेडेदह गाउँपालिका.१ मा जिपको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

डोगडीबाट बल्दै आउँदै गरेको सु प त ०१ज १०२००३ नं. को जिपले ठक्कर दिँदा बुढीगंगा नगरपालिका.१ कुणीका रति लुहारका १० वर्षीय छोरा रमेशको मृत्यु भएको हो ।

बुधबार बिहान करीव ९ः५० मा जिपको ठक्करबाट घाइते भएका रमेशलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदनजित महराले जानकारी दिए । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डीएसपी महराले बताए । उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *