अख्तियार आयुक्तको घरमा महानगरले चलायो डोजर

 ग्लोबल टिभि           0

असार १९ – ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको कम्पाउन्डमा डोजर चलाएको छ। बुधबार महानगरको डोजरसहित पुगेको नगर प्रहरीले महानगरपालिका–१० स्थित चाकुपाटमा रहेको डा.दिवस अमात्य र डा. सुमित्रा अमात्यको घर परिसरमा डोजर चलाएको हो।

अमात्यले सम्पदा क्षेत्र नै मिचेर संरचना निर्माण गरेपछि गुठियारहरूले भत्काउन प्रशासन गुहार्दै आइरहेका थिए। सोही अनुसार अवैध संरचना भत्काइएको मेयर चिरिबाबु महर्जनले जानकारी दिए। उनका अनुसार स्थानीयको माग अनुसार नै गुठी तथा मन्दिरको जग्गा खाली गरिएको हो। यो वर्ष पर्ति र ऐलानी जग्गाको संरक्षणको लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटिएको छ। गुठियारहरूको देवता रहेको मुख्य ठाउँ हो।

तर व्यक्तिले मन्दिर र पाटी पौवाको बिचबाट गेट नै निर्माण गरेपछि स्थानीयले भत्काउन पहल गर्दै आइरहेका थिए। स्थानीय गुठियार चिरिबाबु महर्जनका अनुसार डा.सुमित्रा अमात्यले उक्त घर डेढ वर्षअघि खरिद गरेकी थिइन्। पछि उनले सँगै रहेको जग्गा पनि हडपेर टहरा र गेट निर्माण गरिन्। अमात्यले गुठीको जग्गा हडपेर घरको कम्पाउन्ड निर्माण गरेको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।

डा.सुमित्रा अमात्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पनि हुन्। मन्दिरको जग्गा खोसेर घरको बाहिरी पर्खाल बनाएको प्रमाण भेटिएपछि महानगरले डोजर चलाएको हो।

अमात्यले सम्पदा अतिक्रमण गरी बनाएको सर चनामा ललितपुर महानगरले डोजर चलाएको छ। अमात्यले गुठीको जग्गा हडपेर घरको कम्पाउन्ड निर्माण गरेको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए। डा.सुमित्रा अमात्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त हुन् । मन्दिरको जग्गा खोसेर घरको बाहिरी पर्खाल बनाएको प्रमाण भेटिएपछि महानगरले डोजर चलाएको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *