सांसद शर्माको केएमसीको टोली त्यागलमा, ६२१ बिरामीको उपचार

 ग्लोबल टिभि           0

असार २४ – नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सोमबार ललितपुरको त्यागलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

प्रभात माध्यमिक विद्यालयको परिसरमा आयोजित स्वास्थ्य शिविरमा ६२१ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिरामीमध्ये ४९ जनाको ईसीजी, ८९ जनाको ल्याब परीक्षण र ६२ जनाको भिडियो एक्सरे गरिएको थियो । २२ जनाको दाँत खोलिएको छ । २३ जना बिरामीलाई शल्यक्रियाका लागि केएमसी अस्पतालमा रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *