संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छ : अध्यक्ष मगर

 ग्लोबल टिभि           0

असार २४ –  राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताएका छन्। सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यौनजन्य हिंसालाई सँगै टुंग्याउने गरी नीति बनाउनुपर्ने बताए।

उनले पीडकले सजाय पाउने र पीडितले न्याय पाउने गरी संक्रमणकालीन न्याय टुंग्याउन जरुरी रहेको बताए। उनले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन सबै पक्ष क्रियाशील भइ काम गर्न जरुरी रहेको बताए।

उनले सरकार, पीडित पक्ष, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय भइ काम गरेमात्रै संक्रमणकालीन न्याय टुंगो लगाउन सकिने बताए। अध्यक्ष मगरले सरकारलाई आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न आग्रह गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *