छुवाछूत

 ग्लोवल टि.भी.      मङ्लबार, जेष्ठ २५, २०७८      0

म ब्राम्हण पुत्र
कट्टर ब्राम्हणवादी
छोइछिटो, जातभात र छुवाछुत
मेरो संस्कृति
आफु उपल्लो जात
सम्झे
बाबा, हजुर, जिजु र कुप्राहरुको जीवन शैली
बस गुड्दै थियो
रुखहरु पछाडी दौडदै थिए
जीवन प्रतिको भ्रम र सत्य
यसैमा लुकेझै लाग्ने
म कल्पनाको सागरमा पौडदै थिए
यात्रा हो सिटमा एक्लै
कस्तो पर्ने हो सिट सदियार
यो सिटमा एउटी परम सुन्दरी
टुप्लुक्क आए
आहा मेरे कल्पना
एक्कासी बस रोकियो
सह–चालक भाई
कराउँदै भन्यो
छिटोछिटो गर्नुस्
बस मात्र हैन
मेरो तरङ्गमा समेत ब्रेक लागेछ
म झसंग भए
पुलुक्क हेरे
बसको ढोका तिर
लामो कपाल
अग्लो कद
सुडौला शरिर
मृग नयन
रातो पहिरन
सोह्र श्रृंगार
स्वर्गकी अप्सरा जस्तै
विस्तारै आइन
सबै सिटमा आँखा लाइन
र भनिन्
दाइ म यो सिटमा बसु
आहा म भित्रभित्रै प्रफुल्ल भए
आफुलाई शालिन शैलिमा ढाल्ने प्रयत्न सहित भने बस्नुस
मेरो बस्नुको इसारा भुइमा नखस्दै
लाडिलो स्वरमा माग राखिन्
मलाई झ्यालमा बस्न दिनुन ल
मेरो इच्छा उनले बोलीन्
कच्चि बाटो
थोत्रो बस
कहिले उनी ठोकिने त कहिले म
कहिले नजर जुधे त कहिले कुम
कहिले उनी रिसाइन त कहिले म
उनी म ठोकिदा रिसाईन
मेरो चाहाना अनुरुप नहुँदा म
तर पनि
बस एउटै र सिट एकै
बिकल्प थिएन
यात्रा लामो
म मेरो शिकार कब्जामा लिने प्रयत्न गर्छु
उनी उम्कने कोशिस
मुसा बिरालो खेल जस्तै
तर, म भित्रको बिरालो बाघ बन्दै
र उनी बिरालोसंग थाकेको मुसा
झण्डै १६ घण्टाको यात्रापछि
हामी पुग्यौ गन्तव्य स्थल
रातको ११ बजे बस रोकियो
बजार बन्द
चकमन्न रात
सबै लज र होटल बन्द
धेरै प्रयत्नपछि
एउटा छाप्रोमा मिल्यो बास
न कोठा न चोटा
छाप्रो धनी
एक्ली आमै
एउटा थाङनो र ब्लाङ्केट
हामीतिर फाल्दै
व्यङ्ग कसिन्
जवान रहेछौ ख्याल गर
मेरो त कच्ची घर हो
भत्कियो भने कसले बनाउछ
हामीले दोहोरो कुरा गर्न नपाउँदै
छाप्रो धनी
पल्लो कुनामा पुगिन् र सुतिन्
मैले निमेसैमा बिस्तरा तयार गरे
झम्टिय बाघ झै
उनले प्रतिकार गरिन्
हाम्रो माझ घमसान यूद्धभयो
निरर्थक भए सबै
उनका अनुनय आग्रह र विलापहरु
मानौ म भिषण यूद्धमा छु
जसरीपनि मैले जित्नैपर्छ
अन्ततः मेरा अगाडि
उनि गलिन् थाकिन्
समर्पित भइन्
मेरा लागि
म उद्धेलित भए
यूद्ध जितेको सिपाही जस्तै
मेरो पुरुषत्व सन्तुष्टभयो
अनि बल्ल खोजे
युद्ध हार्ने सिपाहिको परिचय
तिम्रो नाम चै के
अनि घर कहाँ नि ?
मेरो प्रस्न भूईमा नखस्दै
उनले भनिन्
म तिम्रो घर धेरै चोटी आएकी छु
अछुत भएर
पानी समेत नचल्ने जातको रुपमा
बाहिर आगनैमा खाना खाएकी छु
तिम्रो घरको हसिया कुटो र कोदालो ल्याएकी छु
त्यसलाई धार लाउन र पाईन हाल्न
हो तेइ सुन्तली के म
तिम्ले साईनोमा मामा भनेर बोलाउने
बिरे कामीकी छोरी
तिमिलाई मैले छोएको
पानी समेत चल्थेन
म अछुत थिए
तर आज के चलेन
शरिर
जुठो र यौन
अब तिमि ब्राम्हण जेठा बाजे कि
बिरे कामीको कान्छो ज्वाँइ
म जोडले कराए
प्रियशी सोधीन्
के भो तपाइलाई
किन तर्सिएको निन्द्रामा
मैले भने असाध्यै खराब सपना देखेछु
सायद यो जनैले होला
जनै फुकाले पानीपिए र सुते
भोलीको सूर्योदय संगै
म ब्राम्हण पुत्र हैन
मात्र मानव हुनेछु
कसम खाएर
मानताका लागि मानव भएर

लेखकः बालकृष्ण शर्मा

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *