ग्लोबल टिभि
0
असार २५ – पूर्व-राष्ट्रपति रामवरण यादवले वीर अस्पतालको ओपिडीमा नियमित स्वास्थ्य परीक्षण गराएका छन्। उनी नियमित स्वास्थ्य परीक्षणका लागि आज वीर अस्पताल पुगेका हुन्।
वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट युरोसर्जन तथा युरोलोजी विभागका प्रमुख डा रविनबहादुर बस्नेतका अनुसार उनले आज अस्पतालको ओपिडीमा नियमित स्वास्थ्य परीक्षण गराएका हुन्।
यस अघि उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिदाँ समेत उनले वीर अस्पताल उपचार गराएका थिए। पछिल्लो समय वीर अस्पतालमा उपचार गराउने भीआईपीहरुको संख्या बढेको छ।
Post Views: 364
Leave a Reply